२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

टिकाराम घर्तीले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा पाए न्याय

नेपाल तरुणदल दाङका अध्यक्ष टिकाराम घर्तीले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा न्याय पाएका छन् । नेता घर्तीले दाङ निर्वाचन क्षेत्र ३ ख को सभापति पदमा ३४ मतले हार व्यहोर्नु परेको थियो । दाङ निर्वाचन क्षेत्र ३ ख को सभापति पदमा पूर्व सांसद गेहेन्द्र गिरीको प्यानलबाट चुनाव लडेर हार व्यहारेका नेता घर्तीले फेरी आदिवासी/जनजाती कोटाबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रियका थिए । केन्द्रिय महाधिवेशन प्रतिनिधिमा भने घर्तीलाई मतदाताले न्याय दिलाएका छन् । उनले निकटम प्रतिस्पर्धी चन्द्रकली बुढालाई ८८ मतले हराउदै विजयी भएका छन् । घर्तीले ४३६ मत प्राप्त गरेका छन् भने बुढाले ३४८ मत प्राप्त गरेकी छन् ।

पश्चिमदाङका चर्चित युवा नेता घर्तीलाई दाङ निर्वाचन क्षेत्र ३ ख को सभापति पदमा प्यानलगतका कारण चुनाव हार्नु परेको जानकारहरु बताउँछन् । घर्ती चर्चित भएतापनि प्यानलगत फरक पर्दा मतदाता नै अलमलमा परेका थिए । केन्द्रिय सदस्य दिपक गिरीको समर्थनको प्यानल खडा भएकाले नेता गिरीकै प्यानललाई मतदाताले साथ दिएका थिए ।

पश्चिमदाङमा युवा नेता घर्तीको आवश्यक रहेको कार्यकर्ता बताउँछन् । पश्चिमदाङका चर्चित नेता घर्ती प्यानलगत भन्दा पनि सबैसंग मिलेर सहकार्य गरे अगाडि बढ्न कार्यकर्ताले आग्रह गरेका छन् । नेता घर्तीलाई आगामी दिनमा पार्टी भित्रको तितोमिठो भुलेर साझा रुपमा अगाडि बढेको हेर्न पाउने आशा पश्चिमदाङका कार्यकर्ताले लिएका छन् ।