२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

शान्तिनगरमा माओवादीका विभिन्न व्यक्तिलाई सम्मान

दाङको शान्तिनगर – ५ नेकपा माओवादी वडा कमिटिले पार्टीमा योगदान दिएका विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । एक कार्यक्रमका विच ज्येष्ठ पार्टी सदस्य, घाइते अपांग, शहीद परिवार तथा पूर्व जनमुक्ति सेनालाई सम्मान गरिएको हो ।
पार्टीका वडा नं. ५ का अध्यक्ष शिवराज चौधरीको अध्यक्षतामा तथा पार्टीका गाउँपालिका अध्यक्ष नेव बहादुर रोकाको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा २ दर्जन बढि ज्येष्ठ पार्टी सदस्य, घाइते अपांग, शहीद परिवार तथा पूर्व जनमुक्ति सेनालाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा ज्येष्ठ सदस्य गोपाल डाँगीले यसरी आफूहरूले सम्मान पाउँदा धेरै खुशी लागेको बताए । २०५८ सालदेखि माओवादी सेनामा शान्तिनगर गाउँपालिका ५ बैसाका पूर्व माओवादीका सेना जागुराम चौधरी पनि सम्मान पाउँदा निकै खुशी थिए । चौधरी युद्धको क्रममा रोल्पा र रुकुममा लड्दा घाइते भएका थिए । अहिले पनि उनका शरीरमा गोलीका छर्राहरू छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी पार्टीबाट निर्वाचित शान्तिनगर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गिरिराज बस्नेतले यस्ता सम्मान कार्यक्रमले पार्टीमा योगदान पु¥याएका व्यक्तिको उचित मुल्याङकन हुने बताए । सम्मान कार्यक्रमले मात्र घाइते, अपांग तथा शहीद परिवारका सपनाहरू पुरा नभएको भन्दै यो सम्मान कार्यक्रमलाई शान्तिनगर गाउँपालिका स्तरीय बनाउनु पर्ने कुरामा जोड दिए । उनले हिजो युद्ध लडेका सेनाहरू आज घाइते, अपांग भएर बसिरहेको भन्दै उनीहरूलाई राज्यले विशेष ध्यान दिएर सम्मान तथा उचित व्यवस्थापन गर्नु पर्ने बताए ।

कार्यक्रममा पार्टीका क्षेत्रिय सदस्य पर्यन्त, पूर्व वडा इन्चार्ज तोर सिं ठाडामगर लगायतकाले बोलेका थिए । पार्टीका वडा नं. ५ का सचिव लाल बहादुर बस्नेतले गरेका थिए ।