२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेपाली कांग्रेसका युवा नेता भट्टराईले जिल्ला सदस्यमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका युवा नेता नेत्रलाल भट्टराई (नारायण)ले नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् ।
युवा नेता भट्टराईले तुलसीपुर उपमहानगरपालिकाबाट सदस्य पदमा उम्मेदवारी दिने बताएका हुन् । हाल नेपाली कांग्रेस दाङका जिल्ला कार्यसमिति सदस्य समेत रहेका भट्टराई फेरी पनि सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

‘हामी जस्ता सचेत युवाले पार्टीमा धेरै पहिले देखि दुःख गरेका त्यागी नेताहरूको पनि जिम्मेवारी तथा व्यवस्थापनमा ध्यान दिनुछ। उर्जावान युवाहरुलाइ पनि सङ्गठनमा आवद्ध गर्नुछ ।’ छहरा अनलाइनसंग कुरा गर्दै भट्टराईले भने, ‘ मैले मेरो दक्षता, क्षमता देखाउन, सङ्गठनलाई अझ चलायमान बनाउन फेरी पनि दाङ जिल्ला सदस्यमा उम्मेद्बारी दिन लागेको हु ।’ भट्राईले सबैको साथ र सहयोगको आशा राख्दै उम्मेदवारी दिने घोषणा गरेको बताए ।

‘भौतिक शात्र र अर्थशास्त्रमा डबल डिग्री गरिसकेका भट्टराई शिक्षा विषयमा एम्फिल सम्मको अध्ययन गरिसकेका एक बौद्धिक युवामा पर्छन्। विभिन्न संघसस्थाको सफल नेतृत्व गरिसकेका भट्टराई पार्टीको एउटा कुशल संगठक पनि मानिन्छन् ।