२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

देउवाजीलाई काम गर्न गाह्रो छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई काम गर्न खोजे पनि सक्ने परिस्थिती नरहेको टिप्पणी गरेका छन्। पार्टीको १० औँ महाधिवेशनलाई शुक्रबार चितवनमा सम्बोधन गर्दै ओलीले भने, ‘म सरकारबारे केही भन्न चाहन्नँ। देउवाज्यू काम गर्न चाहनुहुन्थ्यो होला। तर, उहाँलाई काम गर्न गाह्रो छ। हिजो मेरो खुट्टा तान्नेहरूले आज उहाँका खुट्टा समातिरहेका छन्।’

ओलीले आगामी निर्वाचनपछि देशमा एमालेको सरकार बन्ने निश्चित रहेको दाबी गरे। आज पार्टी प्रवेश गर्न चाहनेको संख्या ठुलो भएपनि समय अभावको कारणले नगराएको भन्दै ओलीले अब फागुनसम्म एमालेमा निरन्तर पार्टी प्रवेशको कार्यक्रम चल्ने बताए।
देश र जनताको पक्षमा काम गर्ने पार्टी नै नेकपा एमाले भएकाले लोकतन्त्र, विकास, सामाजिक न्याय र समानताका लागि सूर्य चिन्ह समर्पित हुनुपर्नेमा उनको जोड छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै ओलीले भने, ‘हँसिया हथौडा बोकेर वामपन्थी सरकार ढालेर दक्षिण पन्थी सरकार बनाएका छन्। त्यसैले तपाईंहरु हँसिया हथौडा होइन। सूर्य चिह्नतर्फ लाग्नुहोस्।’