२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेपाली कांग्रेस जिल्ला सभापति पदमा चार जनाको उम्मेदवारी

नेपाली कांग्रेसको १४औं महाधिबेशन अन्तर्गत दाङ जिल्ला सभापति पदमा चार जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षधबाट तीन जना र संस्थापन इतरबाट एक जनाले जिल्ला सभापति पदका लागि आज मनोनयन दर्ता गरेका छन् ।

संस्थापन पक्षबाट जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र भुपबहादुर डाँगीले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । यसै गरी संस्थापन इतर पक्षबाट शंकर प्रसाद डाँगीले उम्मेदवारी दिएका छन् ।

जानकीलाल बस्ने नेविसंघका पूर्व जिल्ला अध्यक्ष हुन । कलम किशोर घिमिरे पूर्व जिल्ला सचिव हुन । १३औं महाधिबेशनका क्रममा उनी पार्टी सभापति कीर्तिबहादुर खड्का संग पराजित भएका नेता हुन । त्यस्तै भुपबहादुर डाँगी निवर्तमान क्षेत्रीय सभापति हुन । डाँगी दुई कार्यकाल क्षेत्रीय सभापतिको रुपमा नेतृत्व गरेका नेता हुन । डाँगी हालका जिल्ला सचिव हुन ।