२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

कांग्रेस महाधिवेशन : दाङमा २,१३८ मत खस्यो

तस्वीर : अर्जुन भट्टराई

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज दाङमा नयाँ नेतृत्वका लागि चुनाव सम्पन्न भएको छ । दाङ घोराहीको पद्योदय नमुना माध्यमिक विद्यालय भएको निर्वाचनमा २ हजार १ सय ३८ मत खसेको छ । जम्मा मतदाता २ हजार १ सय ९२ मध्ये २ हजार १ सय ३८ मत खसेको निर्वाचन समितिले जनाएको छ । ५४ मत खसेन । विहान ८ बजे देखि सुरु भएको मतदान बेलुका ४ बजे सम्पन्न भएको हो । जिल्लाको ५२ पदका लागी ११७ जना चुनावी मैदानमा छन् । सभापति पदका लागि चार जना लडेका छन् । । कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत, भुव बहादुर डाँगी र शंकर प्रसाद डाँगी सभापति पदका लागि चुनावी मैदानमा छन् । यस्तैगरी उपसभापतिका लागी सात जना छन् । जसमा एकराज आचार्य, कमानसिंह भारती, गिरीराज सुवेदी, प्रदिप कुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञ बहादुर वली रहेका छन् । यस्तैगरी सचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन् । जसमा अर्जुनकुमार योगी, कृष्ण प्रसाद सुवेदी, बालिका लम्साल र सुर्यप्रकास राना, सहसचिवमा राजु आचार्य, लक्ष्मी योगी , हरि प्रसाद भुसाल र सुवोध कुमार डाँगी रहेका छन् ।