२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कांग्रेसको १४ औँ महाधिवेशन : दाङको सभापतिमा कस्ले मार्ला बाजी ?

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज दाङमा नयाँ नेतृत्वका लागि चुनाव सम्पन्न भएको छ । नेपाली कांग्रेस दाङको सपभाति पद लगायत विभिन्न पद चुन्नका लागि मतदान भएको हो । वडा, पालिका, प्रदेश सभा तथा संघिय क्षेत्र अधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसले जिल्ला नेतृत्व चयन गर्न आज चुनाव सम्पन्न गरेको छ ।

दाङ घोराहीकोपद्मोदय नमुना माध्यमिक विद्यालयमा भएको निर्वाचनमा २ हजार १ सय ३८ मत खसेको छ । जम्मा मतदाता २ हजार १ सय ९२ मध्ये २ हजार १ सय ३८ मत खसेको निर्वाचन समितिले जनाएको छ । ५४ मत खसेन । विहान ९ बजे देखि सुरु भएको मतदान बेलुका ४ बजे सम्पन्न भएको हो । मतगणना नेपाली कांग्रेस दाङको पार्टी कार्यालय हुदैंछ ।  सुरुमा पदाधिकारीको मतगणना तीन स्थानबाट हुने जानकारी प्राप्त भएको छ ।

नेपाली कांग्रेस दाङको सभापति पद आफ्नो पोल्टामा पार्न चार जना चुनावी मैदानमा उत्रिएका थिए । शंकरप्रसाद डाँगी, कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत र भुव बहादुर डाँगी सभापति पद आफ्नो पोल्टामा पार्ने दाउ कसेका छन् । सकभर आजै मध्यराति सम्म कस्को पल्लाभारी हुने हो थाहा हुने छ । नेपाली कांग्रेसको सस्थापन पक्षबाट ३ जनाले चुनाव लडेका छन् भने १ जनाले संस्थापन इतरबाट चुनाव लडेका छन् । कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत र भुव बहादुर डाँगी संस्थापन पक्षका नेता हुन् भने शंकरप्रसाद डाँगी संस्थापन इतरका हुन् । डाँगीलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीको समर्थन रहेको छ ।

जानकीलाल बस्ने नेविसंघका पूर्व जिल्ला अध्यक्ष हुन । कलम किशोर घिमिरे पूर्व जिल्ला सचिव हुन । १३औं महाधिबेशनका क्रममा उनी पार्टी सभापति कीर्तिबहादुर खड्का संग पराजित भएका नेता हुन । त्यस्तै भुपबहादुर डाँगी निवर्तमान क्षेत्रीय सभापति हुन । डाँगी दुई कार्यकाल क्षेत्रीय सभापतिको रुपमा नेतृत्व गरेका नेता हुन । डाँगी हालका जिल्ला सचिव हुन ।