२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

भोजपुरमा निर्माणाधिन पक्की पुल भाँचियो

भोजपुरको कावा खोलामा ५ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको पक्की पुल भाँचिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङलाई जोड्न कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको पुल भाँचिएको हो ।

४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ रहेको पुलमा दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको थियो । पुलको डिजाइन अवधि ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधिकले बताएको भए पनि पुल निर्माणको क्रममा भाँचिएको छ ।

भोजपुरलाई उत्तर–दक्षिण जोड्ने गरी कावा खोलामा पुल निर्माण सुरु भएपछि स्थानीयमा उत्साह थपिएको थियो । तर पुल निर्माणकै चरणमा ढलेपछि स्थानीय निरास बनेका छन् ।