२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

एमालेको केन्द्रिय उपाध्यक्ष र महासचिव सहित दाङबाट झन्डै एक दर्जन केन्द्रिय सदस्य

नेकपा एमालेको केन्द्रिय उपाध्यक्ष र महासचिव सहित दाङबाट झन्डै एक दर्जन केन्द्रिय सदस्य सर्वसम्मत चयन भएका छन् । चितवनको सौराहमा जारी बन्दसत्रले दाङका युवराज ज्ञवाली उपाध्यक्षमा, महासचिवमा शंकर पोख्रेल,केन्द्रिय सदस्यहरु नरुलाल चौधरी, सुजिता शाक्य, मेनका पोख्रेल, घनश्याम पाण्डे, सीता न्यौपाने, शान्ता चौधरी, कोमल ओली, गंगा चौधरी र साजिदा सिद्दिकीलाई चयन गरेकाे छ। यद्यपी बन्दशत्रबाट पारित हुन बाँकी रहेको छ ।