२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

तुलसीपुरमा पुस १ गतेदेखि १२ गतेसम्म महोत्सव संचालन हुने

दाङको तुलसीपुरमा महोत्सव संचालन हुने भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले पुसको १ गतेदेखि १२ गतेसम्म तुलसीपुर महोत्सव – २०७८ संचालन गर्ने भएको हो ।  चेम्बर अफ कमर्सले तुलसीपुर सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी दिएको छ । चेम्बर अफ कमर्सको भवन निर्माण लागि महोत्सव संचालन गर्न लागेको जनाएको छ ।
महोत्वसको लागि स्थानीयतहदेखि जिल्ला प्रशासन कार्यालयबाट स्विकृती लिई सकेको चेम्बरका अध्यक्ष टोप बहादुर घर्तीले जानकारी दिए ।
भिजिट नेपाल २०२० मा सरकारले देशभरी महोत्सव लगाउने तयारी गरेको भएपनि कोभिडका कारण सफल हुन नसकेकाले अहिले केही ठुला ठुला कार्यक्रम भईरहेको हुनाले आफुहरुले पनि तुलसीपुरलाई चिनाउनको लागि महोत्वसको आयोजना गरेको घर्तीले बताए । महोत्सवले व्यापार, कला संस्कृति, पर्यटन क्षेत्रहरुको संरक्षण गर्नुका साथै कृर्षी क्षेत्रमा उत्पादन भएका चिजहरु प्रर्वधन गर्नको लागि सहयोग अपेक्षा लिइएको छ ।