२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

यी हन् नेपाली कांग्रेस दाङका निर्वाचित कार्यसमिति

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङ जिल्ला कार्यसमितिको निर्वाचन सकिएको छ । अधिवेशनबाट जिल्ला सभापतिमा शंकरप्रसाद डाँगी, उपसभापतिमा कमानसिंह भारती र गिरिराज सुवेदी, सचिवमा अर्जुनकुमार योगी र बालिका लम्साल निर्वाचित भएका छन् ।
त्यसैगरी सहसचिवमा सुबोधकुमार डाँगी र राजु आचार्य बिजयी भएका छन् । अधिवेशनबाट जिल्ला कार्यसमितिमा घोराही उपमहानगरपालिकाबाट महिला सदस्य घना डिसी, मञ्जु व्राजाचार्य, खुल्ला सदस्यमा बिरवहादुर खत्री (विरु),प्रकाश सुवेदी र भोलानाथ अधिकारी निर्वाचित भएका छन् ।

तुलसीपुर उपमहानगपालिकावाट महिला सदस्य पवित्रा धिताल र पुष्पा कुमारी डाँगी खुल्ला सदस्यमा गेहेन्द्र वली, धनश्याम भण्डारी र यज्ञवहादुर बस्नेत निर्वाचित भएका छन् । लमही नगरपालिकावाट महिला सदस्यमा पार्वतीदेवी थापा, खुल्ला सदस्यमा लिलाराम खनाल, पुर्णवहादुर वस्नेत निर्वाचत भएका छन् ।
राप्ती गाउपालिकावाट महिला सदस्यमा सोनु भण्डारी खुल्ला सदस्यमा गोवद्र्धन रावत, गढवा गाउपालिकावाट महिला सदस्यमा विष्णुमाया घिमिरे (बसेल) खुल्ला सदस्यमा विकास विसी, राजपुर गाउपालिकावाट महिला सदस्यमा वालकुमारी पोख्रेल र खुल्ला सदस्यमा कृष्णवहादुर वस्नेत निर्वाचित भएका छन् । बंगलाचुली गाउपालिका वाट महिला सदस्य निर्मला खनाल र खुल्ला सदस्यमा जितवहादुर वली निर्वाचित भएका छन् ।

दंगीशरण गाउपालिका वाट महिला सदस्यमा पद्मा चौधरी र खुल्ला सदस्यमा शोभाकर न्यौपाने निर्वाचित भएका छन् । शान्तिनगर गाउपालिका वाट महिला सदस्यमा विपना रोका र खुल्ला सदस्यमा सुरेन्द्रकुमार शाहा निर्वाचित भएका छन् । बबई गाउपालिकावाट महिला सदस्यमा कुन्ती डिसी र खुल्ला सदस्यमा टंकसिह वुढाथोकी निर्वाचित भएका छन् ।

जिल्ला सदस्यमा खस आर्यवाट महिला सदस्यमा केशरा पोख्रेल, शान्ता पाण्डे, विमला शर्मा निर्वाचित भएका छन् । खस आर्य खुल्लातर्फ निर्मल न्यौपाने, नारायणप्रसाद अधिकारी, उमाकान्त पन्त र गौरभ आचार्य निर्वाचित भएका छन् । आदिवासी जनजाती महिलातर्फ सुशीला गुरुङ, आदिवासी जनजाती खुल्लातर्फ सुरेशकुमार श्रेष्ठ र तुलसीराम राना निर्वाचित भएका छन् । दलित महिला तर्फ मुक्ती वादी दलित खुल्ला सदस्यमा खेमराज विश्वकर्मा, थारु महिला सदस्यमा चेतना चौधरी र विर्जा चौधरी निर्वाचित भएका छन् ।

थारु खुल्ला सदस्यमा चेतराम चौधरी, थागीरथ चौधरी, गदुलाल चौधरी, निर्वाचित भएका छन् । मधेसी मुस्लीम अल्पसङख्यक अपाङगबाट राजकुमार धिताल, केन्द्रीय महाधिवेसन प्रतिनिधि अपाङग तर्फ गणेशवहादुर खत्री र प्रदेश महाधिवेसन प्रतिनिधि अपाङग विष्णु मल्ल निर्वाचित भएका छन् ।