२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

चाँडै अनलाइनहरूले पनि सरकारी विज्ञापन पाउँछन् : अर्थमन्त्री शर्मा

फाइल तस्वीर

 

अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरूले पनि सरकारी विज्ञापन पाउने बताउनुभएको छ । आज सोमवार प्रेस सेन्टर नेपाल काठमाण्डौको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाइ मूल्याङ्कन गरेर अनलाइनहरूलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । उहाँले त्यसका लागि प्रेस सेन्टरले पनि थप पहल गर्दा अझ चाँडै प्रक्रिया अगाडि बढ्न सक्ने बताउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो,‘सरकारले अनलाइनहरूलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ । त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरूले सरकारी विज्ञापन पाउनेछन् । कार्यविधि र मूल्याङ्कनको काम अगाडि बढाउन प्रेस सेन्टरले बातावरण बनाउनुपर्छ । यो कामको सुरुवात गर्न प्रेस सेन्टरलाई आग्रह छ । अन्य पत्रकारहरूको क्षमता अभिवृद्धि, तालिमका लागि सरकार सहकार्य गरी सहयोग गर्न तयार रहेको छ ।’