२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सरकारको आग्रह

सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ। कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन्।

यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही देशहरूमा तीव्र विस्तार भइरहेको र विश्व स्वास्थ्य संगठनले पनि यसलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरिसकेकाले समयमै सावधानी अपनाउनु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।