२०७८ माघ ६ गते बिहिवार
२०७८ माघ ६ गते बिहिवार

दाङमा अटो रिक्सा र मोटरसाइल ठोकिदा एक जना घाइते

दाङमा अटो रिक्सा र मोटरसाइल एक आपसमा ठोकिदा एक जना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका वडा नं ३ का ३० वर्षीय उमेश भट्टराइ रहेको प्रहरीले जनाएको छ। घोराही चोकबाट ट्राफिक चोक तर्फ जाँदै गरेको रा ७ प ६५३ नं को मोटरसाइकल र गलत साइडबाट तुलसीपुर चोक तर्फ जाँदै गरेको रा १ ह २२८२ नं को अटो एक आपसमा साँझ करिब ४ बजे घोराही १५ स्थित विपी चोक नजिकै मेनरोडमा ठोकिएका हुन । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। अटो र अटो चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।