२०७८ माघ ५ गते बुधवार
२०७८ माघ ५ गते बुधवार

तुलसीपुरमा मंसिर २३ गतेदेखि २९ गतेसम्म प्रादेशिक महोत्सव

तुलसीपुरमा यही मंसिर २३ गतेदेखि २९ गतेसम्म प्रादेशिक महोत्सव हुने भएको छ । चन्द्र सुर्य यातायात प्रालिले प्रथम प्रादेशिक फेस्टिबल नाम दिएर महोत्सव गर्न लागेको हो । प्रालिले बुधवार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन प्रवद्धनकालागि महोत्सवगर्न लागेको जानकारी दिएको हो । महोसत्व मुल आयोजक कमिटीका संयोजक सम्भु रेग्मीले दाङको पर्यटन प्रवद्धनकालागि महोत्सव आयोजना गर्न लागेको बताएका हुन ।
उनका अनुसार महोत्सव संचालनका लागि जिल्ला प्रशासनकार्यालय दाङले अनुमती समेत दिइसकेको छ । महोत्ससवमा व्यापारीका प्रयोजनका लागी बिभिन्न स्टल राखिने छ । महोत्सव अवधीभर प्याराग्लाइडीङको मनोरञ्जनको व्यवस्था समेत गरिएको महोत्सवका प्रचारप्रसार संयोजक गणेश आचार्यले जानकारी दिएका छन् ।

उनका अनुसार महोत्सवमा बद्री पंगेनीलगाएतका राष्ट्रिय तथा स्थानीयकलारले मनोरञ्जन दिने छन् । महोत्सव तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बरुवागाउँमा संचालनहुनेछ ।