२०७८ माघ ४ गते मङ्गलवार
२०७८ माघ ४ गते मङ्गलवार

युवा संघ नेपाल शान्तिनगरको अध्यक्षमा बुढाथोकी चयन

एकिकृत समाजवादी पार्टीको भातृसंगठन युवा संघ नेपालको शान्तिनगर दाङको अध्यक्षमा आनन्द बुढाथोकी चयन भएका छन् । शान्तिनगरमा सम्पन्न भेलाले बुढाथोकीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्वसम्मत गठन गरिएको हो । उपाध्यक्षमा पूर्ण बिक, सचिवमा निरज थापा र सह–सचिवमा दिपेश भण्डारी सर्वसम्मत चयन गरिएको हो । हरिश गिरीको अध्यक्षता एवं सांसद हिराचन्द्र के.सी. तथा एकिकृत समाजवादी पार्टी दाङ जिल्ला उपाध्यक्ष चुर्ण बहादुर ओलीको विशिष्ट आतिथ्यमा भेला सम्पन्न भएको हो ,।