२०७८ माघ ४ गते मङ्गलवार
२०७८ माघ ४ गते मङ्गलवार

अन्तर्राष्ट्रिय अपाङगता दिवसमा चित्रकला प्रतियोगिता सम्पन्न

३० औं अन्तर्राष्ट्रिय अपाङगता दिवसको अवसरमा दाङमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बहिरा बालबालिकाको लागि चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा राम वहादुर बुढामगर प्रथम, शुस्मा खड्का द्धितिय, समिर बोहरा तृतिय र ग्रेसी सोना सान्त्वना भएका थिए ।
सो अवसरमा तुलसीपुर महिला तथा बालबालिका प्रमुख माया श्रेष्ठ, शिक्षा तथा खेलकुद शाखा प्रमुख लम वहादुर पुन, राष्ट्रिय अपाङगता महासंघ लुम्बिनी प्रदेशका अजयकुमार शर्मा, अपाङ मानव अधिकार एवं सरोकार मञ्चका भविसरा घर्तीं, स्रोत शिक्षिकाहरु योगमाया योगी, सुनिता खनाल, सिकाई सहजकर्ता टोप वहादुर चौधरी लगायतको सहभागिता रहेको थियो ।