२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

अधिकार कार्यान्वयन गर्न अपाङगता ब्यक्तिको आग्रह

 

संबिधानमा ब्यबस्था भएका अधिकार कार्यान्वयन गर्न राज्यका बिभिन्न निकायलाई अपाङगता भएका ब्यक्तिले आग्रह गरेका छन् । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुरमा शुक्रबार आयोजना गरेको ३० औ अन्तराष्ट्रिय अपाङग दिवसका अवसरको शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागि अपाङगता भएका ब्यक्तिले अभिभावकको भूमिका खेल्न राज्य असफल भईरहेको गुनासो गरेका छन् ।

कार्यक्रममा ह्वील चियर प्रयोग गर्दा यमुना डाँगी, यज्ञ बिक,सुरेश बिक,रोषण गिरी र बञ्चुराम परियारले नेपालको संबिधान २०७२ मा उल्लेख गरिएको मौलिक हकमा अपाङगता भएका ब्यक्तिहरुको सहज पहुँच नै हुन नसकेको बताउनुभयो । दृष्टि बिहीन रामहादुर खड्का,शारिरीक अपाङ हुमाकान्त कँडेल,तिलसरा पुन,दोलखबहादुर खत्री,खेन्टु गिरी,प्रतिमा शर्मा लगायतले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगार लगायत आधारभूत कुराहरू मौलिक हककै रूपमा उल्लेख रहेको स्मरण गराउनुभयो । तर पनि कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । अपाङगता भएका ब्यक्तिहरुलाई कृपा र सहयोग होईन अवसर,रोजगार र कानूनमा भएका अधिकार लागु गर्न माग गर्नुभयो । बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज दाङका खुमानन्द अधिकारी,मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपसभापति एव पत्रकार सुशील बस्नेत, शान्ति समाजका केन्द्रिय सचिब निर्मल नेपाली,अधिबक्ता एवं शान्ति समाजका पूर्व उपसभापति मोहन धिताल,पत्रकार नारायण खड्का,अञ्जना चौधरी,सरीता चौधरीले सरकारले विभिन्न समयमा यस सम्बन्धी विभिन्न नीति, नियमावली, कार्यविधि, निर्देशिका लगायत दस्तावेज ल्याउने गरेको भएपनि लक्षीत समूदायले त्यसबाट लाभान्बित भएको महसुस अझै हुन नसकेको बताउनुभयो ।संबिधान तथा कानूनमा भएका व्यवस्थाका बावजूद पनि अपाङ्गता भएका व्यक्तिहरू आफ्नो हक, अधिकार तथा सेवा–सुविधाबाट वञ्चित रहँदै आएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।शान्ति समाजले बर्षेनी अपाङगता दिवस लगायत दर्जन बढी कार्यक्रम गर्दै आएको छ ।
आज ३ डिसेम्बर, २०२१ अर्थात् अपाङ्गता भएका व्यक्तिहरूको ३०औं अन्तर्राष्ट्रिय दिवसका सन्र्दभमा मानव अधिकार तथा शाीन्त समाजले कार्यक्रम आयोजना गरेको हो । शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य सचिब निर्मला डाँगी र सहजिकरण सहसचिव उषा गौतमले गर्नुभएको थियो ।