२०७८ माघ ५ गते बुधवार
२०७८ माघ ५ गते बुधवार

जन्मदिन मनाउन गएका एक जनाको मृत्यु, १२ जना पक्राउ

दाङमा जन्मदिन मनाउन होटलमा गएका एक जनाको मृत्यु भएपछि होटल सञ्चालक सहित १२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । घोराहीमा रहेकाे ५ फ्रेण्डस फेम्ली होटेल एण्ड लजमा जन्मदिन मनाउने कार्यक्रममा गएका घोराही १७ गुलरीयाका २२ बर्षिय गणेश पौडेलको मृत्यु भएको थियो ।

गत मंसिर १५ गते बेलुका नविन गिरीको जन्मदिन मनाउन गएका पौडेल १६ गते बिहान ४ बजे होटल अगाडी अचेत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पौडेललाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको र त्यहाँबाट बुटवल रेफर गरीएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हाे । होटल सञ्चालक लंक बुढाथोकी सहित जन्ददिन मनाउन गएका १२ जनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।