२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

समता कृषि सहकारीको १२ औं साधारणसभा सम्पन्न

श्री समता कृषि सहकारी संस्था लिमिटेड शान्तिनगर गाउँ पालिका वडा नं ५ काशिपुरको १२औं साधारणसभा आज कासीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज शर्माको सभापतित्व तथा शान्तिनगर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गिरीराज बस्नेतको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा शेयर सदस्यहरू फत्ते बहादुर खड्का , राम ब. के.सी. ,शिक्षा समिति संयोजक दोर्ण बहादुर के.सी. , लेखा समितिका सदस्य तथा आदर्श माध्यमिक विद्यालय काशिपुरका प्रतिनिधि चुडामणि के.सी , सुवास स्मृती सहकारी संस्थाका अध्यक्ष रिता बटाला सहकारी प्रेमी दिपक गौतम , तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष विजय के.सी लगायतकाले बोल्नु भएको थियो ।

कार्यक्रममा मरणोपरान्त पूर्व सचिव दुर्गा बहादुर खत्री, निशुल्क रुपमा सहकारीको कार्यलय राख्न दिने सेयर सदस्य रविन शर्मा, ५० प्रतिशत कोठा भाडा निशुल्क गर्ने सेयर सदस्य जयराम डागी र पूर्व कर्मचारी सरिता रेउले लाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष विमला खड्काको स्वागत मन्तव्यका साथ सुरू भएको कार्यक्रमको सहजीकरण लेखा समितिका संयोजक कोमल के.सी.ले गर्नुभएको थियो ।