२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना : एकको ज्यान गयो, १० जना गम्भिर घाइते

फाइल तस्वीर ।

रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते एक जनाको ज्यान गएको छ भने १० जना गम्भिर घाइते भएका छन् ।
बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका ५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा हिजो बेलुका दुर्घटना भएको थियो ।
मुसिकोट नगरपालिका(१ घिमानेका ६७ वर्षका बुधुराम खड्काको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।