२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

नेता गिरीको सहमहामन्त्रीमा धमाकेदार इन्ट्री मार्ने तयारी


पूर्व सिचाईमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दाङ घर भएका नेता गिरी नेपाली कांग्रेसका प्रभावशाली युवा नेताका रुपमा परिचित छन् । नेता गिरी नेपाली कांग्रेसको १२ र १३ औं महाधिवेशमा केन्द्रीय सदस्य पदमा निर्वाचित प्रभावशाली युवा नेता हुन् । अव भने १४औ महाधिवेशनबाट सहमहामन्त्री पदमा धमाकेदार इन्ट्री मार्ने तयारीमा जुटेका छन् ।

गृह जिल्ला दाङका पालिका, क्षेत्र तथा जिल्लामा सस्थापन इतरकालाई जिताउन सफल भएका थिए । यसैगरी लुम्बिनी प्रदेशमा पनि उनले कब्जा जनाउन सफल भए । गृहमन्त्री बालकृष्ण खाणको गृह जिल्लामा खाणको समर्थनमा सभापति लडेका भरत शाह पराजित गर्दै आफू निकट अम्मरसिं पुनलाई सभापतिमा जिताउन उनि सफल भए । लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहलाई जिताउन कमाण्डरको भुमिका निर्वाह गरेका नेता गिरीले सहमहामन्त्री पदमा बन्ने तयारी गरेका हुन् । यसपटक सहमहामन्त्री बन्ने दौडमा उनि उत्रिएका छन् । नेपाली कांग्रेसमा प्रभावशाली युवा नेताको रुपमा चिनिने नेता गिरी सहमहामन्त्री पदका लागि योग्य व्यक्ति हुन् ।

२०३६ सालमा काठमाडौंमा विद्यार्थी आन्दोलन हुँदा उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य थिए। त्यसबेला नेविसंघको केन्द्रीय अध्यक्ष विमलेन्द्र निधि थिए भने गिरी र पूर्णबहादुर खड्का केन्द्रीय सदस्य थिए। विपि कोइराला निर्वासनको सिलसिलामा भारतमा भएको बेला भारतको वनारसमा विपिसँग उनको पहिलो भेट भएको थियो । पूर्व सिँचाइ मन्त्री समेत भएका गिरी विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसँग जोडिएका छन्।

सिचाईमन्त्री हुदा गिरीले जनताका लागि राम्रो काम गरेका थिए । सिचाई लगायत विभिन्न क्षेत्रमा विकासको उल्लेखनिय काम गर्न सफल भएका थिए । गृह जिल्लामा झन विकासको मुहार फेरेका थिए । गाउँ गाउँमा डिपबोर्डिङ, खानेपानी, सडक जस्ता विकासमा गरेर दाङका जनताले विर्सने नसक्ने गुण लगाएका थिए । उनै जनप्रिय नेता गिरी नेपाली कांग्रसको सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गर्दा गृह जिल्ला दाङका जनता खुशी भएका छन् ।