२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।
कांग्रेसले आज पार्टीको वेबसाइटमार्फत् सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम बाहेक चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । सर्लाहीमा प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन नसकिएको त्यहाँका प्रतिनिधिको नाम समावेश नभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाहीको नाम प्राप्त भएपछि पुनः महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिने निर्वाचन समितिले बताएको छ ।

क्लिक गरी हेर्नुस् नामावली  congress mahadibesan pratinidhi