२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

भारतका पहिलाे सीडीएसका जनरल रावतकाे निधन

हेलिकप्टर दुर्घटनामा परी भारतका पहिलाे चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतकाे निधन भएकाे छ । तमिलनाडुमा भएकाे हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाकाे निधन भएकाे हाे ।
भारतीय वायु सेनाले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाकाे ज्यान गएकाे हाे । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुकाे कुन्नूरमा दुर्घटना भएकाे थियाे ।

भारतीय वायु सेनाका अनुसार याे एमआई-१७बी ५ हेलिकप्टर थियाे । रक्षा मन्त्री राजनाथ सिंहले आज दिउँसाे नै बिपिन रावतकाे घर पुगेर उहाँकाे परिवारसँग भेट गर्नुभएकाे थियाे । त्यसपछि सेनाध्यक्ष मनाेज मुकुन्द नरवणे पनि बिपिन रावतकाे घु पुग्नुभएकाे थियाे ।
जनरल रावत सन् २०२० काे जनवरी १ मा देशकाे पहिलाे चिफ डिफेन्स अफ स्टाफ नियुक्त हुनुभएकाे थियाे ।
याे हेलिकप्टर दुर्घटनाकाे कारण पत्ता लगाउनका लागि जाँचकाे आदेश दिइएकाे वायु सेनाले जनाएकाे छ ।

जनरल रावत यसअघि भारतीय सेनाकाे प्रमुख भइसक्नुभएकाे थियाे । उहाँ सन् २०१६ डिसेम्बर ३१ तारिखदेखि २०१७ जनवरीसम्म भारतका २६ औँ सेना प्रमुख रहनुभएकाे थियाे ।