२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

तेस्रो वडा अध्यक्ष कप फुटबलको उपाधी कचिलालाई


दाङ तुलसिपुर १२ हरिपौरामा संचालित तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७८ को उपाधी कचिला युवा क्लबले जितेको छ ।
डबरा टोल बिकास संस्था तुलसिपुर १२ हरिपौराको आयोजना तथा तुलसिपुर उपमहानगरपालिका वडा न १२ को आर्थिक सहयोगमा पशुपती माबी हरिपौरा खेलमैदानमा संचालित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा कचिली युवा क्लब बि लाई दुई का विरुद्ध तीन गोलको अन्तरले पराजित गर्दै कचिलाले उपाधी जितेको हो । उपाधी संगै उसले नगद पचास हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मानजक पराजय ब्यहोरेको कचिली उपबिजेतामा सिमित रहदै नगद पैतिस हजार,कप,मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ! त्यस्तै टरिगाउ युवा क्लबले तृतिय स्थान हासिल गर्दै नगद पच्चीस हजार, कप,मेडल प्रमाणपत्र हात पार्‍यो ।यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक टोल बिकास संस्थाका सचिव खगेन्द्र अधिकारीको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न १२ का अध्यक्ष सुर्य बहादुर डागी श्यामको प्रमुख आतिथ्य एवं तुलसिपुर बहुप्राबिधिक शिक्षालयका प्रमुख वसन्त आचार्यको बिशिस्ट आतिथ्यमा भएको थियो । सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फको उत्कृष्ट खेलाडीको उपाधी हात पार्ने कचिला युवा क्लबका मनराज मगर र उत्कृष्ट गोल रक्षकको उपाधी हात पार्ने कचिलाकै नारायण मगर लाई नगद जनही २५ सय रुपैया तथा ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।
स्थानीय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि संगै खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडा भित्र स्थापित १० टिम को सहभागिता रहेको थियो ।
प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, खुम बहादुर ओलि र सुरेश मगर रहनु भएको थियो ।