२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

चीनमा अण्डाभित्र सुरक्षित रहेको डाइनासोरको भ्रुण भेटियो

चीनको गान्झोउ क्षेत्रमा अण्डाभित्र सुरक्षित रहेको डाइनासोरको भ्रुण भेटिएको छ । परिपक्व भएर अण्डाबाट बाहिर आउने अवस्थामा रहेको भ्रुणको जिवाश्म भेटिएको बीबीसीले जनाएको छ । यो भ्रुण ६ करोड ६० लाख वर्ष पुरानो भएको अनुसन्धाताले अनुमान गरेका छन् । यो भ्रुण दाँत नभएको थेरापोड डाइनासोर वा ओभिर्याप्टोरोससको हुनसक्ने विश्वास गरिएको छ ।

अनुसन्धाता डा फियोन वासम माले यो भ्रुणलाई इतिहासमै अहिलेसम्म भेटाइएका भ्रुणमध्ये सबैभन्दा सुरक्षित अवस्थामा रहेको बताउनुभएको छ । यो भ्रुणको खोजसँगै डाइनासोर र आधुनिक चराबीचको सम्बन्ध पहिल्याउन वैज्ञानिकहरुलाई झनै सजिलो हुने बताइएको छ ।

भ्रुणको जिवाश्मको अवस्थिति अण्डाबाट निस्किने अवस्थामा पुगेको चराको जस्तै घुमाउरो भएको देखिएको छ । यो जिवाश्मको लम्बाइ टाउकोदेखि पुच्छरसम्म २७ सेन्टिमिटर रहेको छ ।