२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

आबि बबरपुरको अध्यक्षमा मनकुमारी परियार निर्वाचित


दाङकाे बबई गाउँपालिका वडा नम्बर ५ स्थित जनता आधारभूत विद्यालय बबरपुरको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा मनकुमारी परियार निर्वाचित भएकी छन्। आज भएको निर्बाचनमा निकटम प्रतिद्वन्धी नाेखिराम डाँगीलाई २९ मतकाे मतान्तरले हराउदै परियार विजयी भएकी हुन् । परियारले ११४ मत प्राप्त गरीन भने डाँगीले ७५ मत प्राप्त गरिन् । निर्वाचित परियार नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेसको साझा उम्मेदवार हुन भने डाँगी नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी हुन् । यसअघि दुई सदस्य सर्बसम्मत चयन भएका थीए । नेतृत्व चयनका लागि आज बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म मतदान भएको थियो । जम्मा २३२ मतदाता भएको निर्वाचनमा २२३ मत खसेको थियो । जस मध्य ३४ मत बदर भएको मतदान अधिकृत जितबहादुर केसीले जानकारी दिए ।