२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेपालमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, आज ९६८ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ। हिजो बिहीबारको तुलनामा शुक्रबार झण्डै दोब्बर मानिसमा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १४ हजार ९ सय ७१ जनाको परीक्षण गर्दा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो। ८ हजार २ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ७२ र ६ हजार ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९६ जनामा संक्रमण देखिएको हो।

हिजो बिहीबार ५ सय ४० जनामा संक्रमण देखिएको थियो।
आज मृत्यु शून्य छ। २ सय ६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ४१ पुगेको छ।