२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

दाङ सहित १९ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व

दाङ सहित १९ जिल्लामा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन गरिएको छ । नेकपा एमालेको ६३ जिल्लामा भएको अधिवेशनमा १९ जिल्लामा अध्यक्ष सर्वसम्मत छानिएका हुन् ।

अरु जिल्लामा सहमतिको प्रयास भइरहेको र सहमति हुन नसकेमा चुनावी प्रक्रियामार्फत नेतृत्व चयन हुने एमालेले जनाएको छ ।

दाङ, सल्यान, बाँके, बर्दिया, झापा, पाल्पा, , डोल्पा, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा र पश्चिम नवलपरासीमा सर्वसम्मत नेतृत्व चयन एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
दाङमा हुकुमबहादुर बस्नेत, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बाँकेमा किस्मतकुमार कक्षपति, झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, डोल्पामा शेरबहादुर बुढा, धादिङमा भूमि त्रिपाठी, अर्घाखाँचीमा पीताम्बर भुसाल, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जु, भक्तपुरमा वचन देउजा र गुल्मीमा बालसिंह काउछा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भएका हुन्।

यस्तै खोटाङमा रामप्रसाद दङ्गाल, सप्तरीमा ताराकान्त चौधरी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, धनकुटामा इन्द्रमणि पराजुली, रसुवामा कर्णेल लामा र नवलपरासी सुस्ता पश्चिममा दीपेन्द्र अधिकारी जिल्ला कमिटी अध्यक्षमा चयन हुनुभएको छ । विशेष जिल्ला कमिटी अन्तर्गत मजदुरमा जितेन्द्र श्रेष्ठ र पेसागतमा उमेश ढकाल चयन हुनुभएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

शुक्रवार ६३ जिल्लामा अधिवेशन सुरु भएको र बाँकी जिल्लामा पनि छिटै अधिवेशन गर्ने एमालेले जनाएको छ ।