२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

‘दाङ कोरोना भाईरस बिरुद्ध तयारी अबस्थामा जुटेको छ’

दाङमा कोरोना भाईरस बिरुद्ध तयारी अबस्थामा जुटेको जिल्ला कोरोना संकट ब्यबस्थापन समितिले जनाएको छ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको बढदो कोरोना संक्रमण नियन्त्रण र गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहँचु बिषयक कार्यक्रममा सम्बोधन गर्नुहुदै दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अक्सीजन प्लान्ट, आईसीयु लगायतको तयारी अबस्थामा रहेको बताउनुभयो । तर होल्डीङ सेन्टरमा भने कमी रहेको बताउनुभयो ।

त्यसका लागि अब तिब्रताका साथ लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, स्वयमसेवी रुपमा समुदायका हरेक नागरिकले कोरोना बिरुद्धका क्रियाकलाप अगाडी बढाउनुपर्छ । भीड, भौतिक दुरी र भेन्टीलेरलाई बिशेष ध्यान दिनुपर्ने बताउनु हुर्दै भोलेन्टीयर र भ्याक्सीन गरि ५ वटा “भ”मा जोड दिनुपर्ने बताउनुभयो ।
जिल्ला संकट ब्यबस्थापन समितिका सदस्य एव जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले सरकारले जारि गरेको निर्देशनलाई सबैले पालनागर्नुपर्ने बताउनुभयो । गाडी मोटरमा भिड र मास्क बिना यात्रा गराउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, भिडभाड नियन्त्रण र मास्कको अनिवार्य प्रयोग गरिनुपर्छ । मानव अधिकार तथा शान्ति समाज केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले स्थायी रुपमा होल्डीङ सेन्टर,१८ बर्ष मुनिका र ७५ बर्ष माथि उमेरका ब्यक्तिलाई खोप र कोरोना टेष्टलाई ब्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागि जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि डम्वर बहादुर कुवर र राप्ती प्रादेशिक अस्पताल कोरोना फोकल पर्सन द्रोण वलीले अक्सीजन पाईपको ब्यबस्था तत्कालउपलब्ध गराउनुपर्ने बताउनुभयो । हालको अबस्थामा अक्सीजनको मात्रको तयारी ठिक रहेको उहाँले भन्नुभयो । तुलसीपुर उपमहानगरपालिका बिपत्त समितिका संयोजक नवराज लामिछानेले तुलसीपुर उपमहानगरपालिकाले कोभिड जाँच, अक्सीजनको ब्यबस्थापन, खोपको ब्यबस्थापनलाई बिशेष ध्यान दिईरहेको बताउनुभयो ।

सो अवसरमा सामाजिक अभियान्ता बिमल रिजाल, तुलसीपुर उद्योग बाणिज्य संघका महा सचिब बिनील केसी, तुलसीपुर चेम्वर अफ कमर्शका सचिब ऋषि भण्डारी,शान्ति समाजका पूर्ब सभापति शरद रेग्मी लगायतले सम्बोधन गर्नुभएको थियो । शाखा सभापतितु लसीराम सुनारको सभापतित्वमाभएको कार्यक्रमको सहजिकरण कोषाध्यक्ष कोमल डिसीले गर्नुभएको थियो ।