२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

दाङमा खोप कार्ड विना सार्वजनिक स्थानहरुमा प्रवेश गर्न नपाईने

दाङमा खोप कार्ड विना सार्वजनिक स्थानहरुमा प्रवेश गर्न नपाईने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको विहिवार घोराहीमा बसेको बैठकले आउदो माघ ७ गतेदेखी खोप कार्ड भएमात्र सार्वजनिक स्थानहरुमा प्रवेश गर्न पाईने यस्तो निर्णय गरेको हो । पछिल्नो समय बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गदै सार्वजनिक स्थानहरु कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईमार्ग लगाएतका क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड लागु गर्ने निर्णय भएको छ । ती क्षेत्रहरुमा जादा खोप कार्ड साथ भएको हुनुपर्ने वा मोवाएलमा राखेको हुनुपर्नेछ ।

साथै बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागी स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा थप कडाई गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सहित जिल्लाका पालिकाहरुको प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुको बैठकले संक्रमणबाट बच्न र बचाउनका लागी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ ।

जिल्लाका कुनै पनि स्थानमा २५ जना भन्दा बढि भेला भई कार्यक्रम, मेला, महोत्सव आयोजना गर्न नपाईने नियमलाई थप कडाई गर्ने निर्णय गरेको छ । यस्तैगरी बैंक, सरकारी कार्यालय, मालपोत कार्यालयर यातायात व्यवस्था कार्यालय लगाएतका सेवाग्राहीहरुको भिडभाड हुने कार्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना अनिवार्य लागु गर्ने निर्णय बैठकले गरेको छ ।