२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा सई हुँ भन्दै पसलेलाई धम्क्याएको आरोपमा एक जना पक्राउ

सामान किनेको पैसा माग्दा प्रहरी नायब निरीक्षक (सई) हुँ भन्दै पसलेलाई धम्क्याएको आरोपमा दाङको घोराही उपमहानगरपालिका १५ का रामबहादुर बस्नेत पक्राउ गरेका छन् । आफूले सामान किनेको पसलेलाई पैसा नदिन सई भएको नाटक गरी ठगी गर्न खोज्ने बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला मालपोत कार्यालय नजिकै रहेको एक पसलमा हिजो बुधवार बस्नेतले दुई वटा बल्याङ्केट लगे पनि पसलेले पैसा माग्दा आफू सई हुँ भन्दै पैसा नदिएर गएको प्रहरीले जनाएको छ । बस्नेतले प्रहरीको सीआईडी हुँ तथा ब्युरोको सई हुँ भन्दै थर्काएको गुनासोको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।