२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

पश्चिम दाङमा हुने भनेका माघि विशेष कार्यक्रमहरु काेराेनाका कारण स्थगित

दाङमा काेराेनाका कारण पुर्व निर्धारित कार्यक्रमहरु स्थगित हुन थालेका छन् । जिल्लामा काेराेणा संक्रमण दर बढिरहेको र सरकारले पनि २५ जना भन्दा बढि भाैतिक रुपमा उपस्थित भई भेला,मेला,महाेत्सब र कार्यक्रम नगर्न नगराउन निर्देशन दिएपछि कार्यक्रम स्थगित हुन थालेका हुन् ।

पश्चिम दाङको शान्तिनगर २ अमुवा ढाका चाैरमा स्वाबलम्बन कृषि सहकारी संस्थाकाे आयाेजनामा आगामी माघ १ गते माघि पर्वकाे अवसर पारेर हुने भनेकाे स्वाबलम्बन कृषि सहकारी संस्थाकाे उद्घाटन तथा बिबिध सासंकृतिक कार्यक्रम स्थगित हुने भएकाे छ। जिल्लामा काेराेणा संक्रमण दर बढिरहेको र सरकारले पनि २५ जना भन्दा बढि भाैतिक रुपमा उपस्थित भई भेला,मेला,महाेत्सब र कार्यक्रम नगर्न नगराउन निर्देशन दिएकाे कुरालाई मनन् गर्दै अर्को सुचना जारी नभए सम्मका लागि कार्यक्रम स्थगित गरिएकाे स्वाबलम्बन कृषि सहकारी संस्थाका सचिव मनबिर रिजालले जानकारी दिनुभयो ।

यता प्रगतिशील मगर समाज संग्राहलय समिति शान्तिनगर १ र बबई ६ नयाँबस्तीकाे आयाेजनामा शान्तिनगर १ नयाँ बस्तीमा हुने भनीएकाे माघि महाेत्सव संगै तिर हान्ने तथा घैटा फाेर कार्यक्रम पनि स्थगित भएकाे छ। जिल्लामा काेराेणा संक्रमण दर बढिरहेको कारण कार्यक्रम स्थगित गरिएकाे प्रगतिशील मगर समाज संग्राहलय समितिका अध्यक्ष दिल बहादुर राना मगरले जानकारी दिनुभयाे । जिल्लामा यश अघि गर्ने भनिएका अन्य कार्यक्रम पनि काेराेना कै कारण स्थगित हुँदै आईरहेका छन छन्।