२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

ट्याक्टरमा अटो ठोकिदा एक जनाको मृत्यु, एक जना घाईते

पश्चिम दाङमा हेकुली चाेकमा रोकीराखेको ट्याक्टर संग अटो ठोकिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । तुलसीपुरबाट हेकुली तर्फ जादै गरेको रा १ ह २९६६ नम्बरको अटो सोही दिशा तर्फ रोकीराखेको रा १ त २८२२ नम्बरको ट्रयाक्टर संग हेकुली चोकमा विहिवार साँझ आठ बजे ठोकिदा दंगीशरण ४ बस्ने ५० बर्षिय दिपक बुढाथोकीकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । अटो दुर्घटनामा परी मृत्यु हुने व्यक्ति सामुदायिक मेलमिलाप केन्द्र हेकुलीका मेलमिलापकर्ता हुन् ।

दुर्घटनामा परी अटो चालक दंगिशरण ३ हेकुली बस्ने २७ बर्षिय मनीष चौधरी र अटोमा सवार दंगीशरण ४ बस्ने ५० बर्षिय दिपक बुढाथोकी गम्भिर घाईते हुनु भएको थियो । घाईते दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी कोहलपुर रिफर गरिएकोमा बुढाथोकीको मृत्यु भएको हाे । चौधरीको टाउको,मुख,बायाँ हातमा गहिरो चोट लागेको छ । प्रहरीले अटो र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार रहेको जानकारी दिएको छ ।