२०७८ माघ ४ गते मङ्गलवार
२०७८ माघ ४ गते मङ्गलवार

रगैंजामा १ महिने गार्मेन्ट सम्बन्धी तालिम उदघाटन


शान्तिनगर गाउपालिका वडा नं ५ रगैंजामा १ महिने गार्मेन्ट सम्बन्धी तालिम उदघाटन गरिएकाे छ । आज एक कार्यक्रमका विच वडा कार्यालयकाे आयाेजनामा १ महिने गार्मेन्ट सम्बन्धी तालिमकाे उदघाटन गरिएकाे हाे ।

वडा सदस्य दयाराम चाैधरीकाे अध्यक्षता एवं वडा अध्यक्ष गिरीराज बस्नेतकाे प्रमुख आतिथ्यता तथा गाउँ कार्यपालिका सदस्य लक्ष्मणप्यारी चाैधरीकाे विशिष्ट आतिथ्यमा तालिम उदघाटन गरिएकाे हाे । वडा भित्रका महिलालाई सिपमुलक तालिम दिई आत्मनिर्भर बनाउने उद्येश्यले तालिम संचालन गरिएका वडा अध्यक्ष बस्नेतले बताउनुभयाे । हरेक बर्ष महिला विभिन्न सिलाई कटाई लगायत विभिन्न तालिम गराउदै आएकाे र यस गार्मेन्ट सम्बन्धी तालिम संचालन गरिएका वडा अध्यक्ष बस्नेतले बताउनुभयाे ।

महिला चुलाे चाैकाेका मात्र सिमित नरहेर सिपमुलक बनुन भन्ने उद्येश्य हरेक बर्ष सिपमुलक तालिमका लागि बजेट विनियाेजन गर्ने गरेकाे गाउँ कार्यपालिका सदस्य लक्ष्मण प्यारी चाैधरीले बताउनुभयाे ।
सिपमुलक तालिमले महिलाहरू आत्मनिर्भर भई जुन ठाउँमा पनि टिक्न सक्ने अवस्था सिर्जना हुने सचिव राेमहर्ष केसीले बताउनुभयाे । सिपमुलक तालिममा महिला अग्रसर हुन आवश्यक रहेकाे उहाँ भनाई थियाे ।
१ महिना सम्म संचालन हुने वडा भित्रका १० जना महिला सहभागिता रहेकाे छ भने प्रशिक्षकमा राजु परियार रहनु भएकाे छ ।