२०७९ जेष्ठ २ गते सोमवार
२०७९ जेष्ठ २ गते सोमवार

दाङमा कारले स्कुटरलाई ठक्कर दिदा एक महिला घाइते

दाङमा कारले स्कुटरलाई ठक्कर दिदा एक महिला घाइते भएकी छन् । घोराही रा १ च १३०६ नम्वरको कारले रा ३ प ६५६८ नंम्वरको स्कुटरलाई ठक्कर दिदा स्कुटीमा पछाडी सवार महिलाको एउटा खुट्टामा गम्भिर चोट लागेको प्रहरी बताएकाे छ ।

घाईते हुनेमा घोराही १५ का सुस्मा पोखरेल रहेकी छन् । उनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।