२०७९ जेष्ठ ३ गते मङ्गलवार
२०७९ जेष्ठ ३ गते मङ्गलवार

दाङमा एक कोरोना संक्रमित महिलाको मृत्यु

सांकेतिक तस्बिर ।

बाँकेकाे भेरी अस्पतालमा दाङका एक कोरोना संक्रमित  महिलाको मृत्यु भएको छ । तुलसीपुर उपहानगरपालिका ६ की ४१ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ती महिलालाई पुस ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा आज (सोमबार) विहान उनको मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।
यससँगै बैशाखयता दाङमा कोरोनाबाट मृत्युहुनेको संख्या २ सय १९ पुगेको छ ।