२०७९ जेष्ठ ४ गते बुधवार
२०७९ जेष्ठ ४ गते बुधवार

बबईमा कोरोेना संक्रमितको संख्या १४ जना पुग्यो

पश्चिम दाङको बबई गाउँपालिकामा तेस्रो लहरको कोरोना संक्रमितको संख्या १४ जना पुगेको छ । सोमबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएसगैं कोरोना संक्रमितको जम्मा संख्या १४ जना पुगेको बबई गाउँपालिका कोरोना फोकल पर्सन शरदराज गिरीले जानकारी दिनुभयो । सोमबार १० जनामा परिक्षण गर्दा वडा नम्बर ४, र ६ का गरि ५ जनामा कोरोना संक्रमण देखिएको कोरोना फोकल पर्सन गीरीले जानकारी दिनुभयो ।

कोरोना फोकल पर्सन गिरिका अनुसार बबई गाउँपालिका द्घारा संचालित हापुरे प्राथामिक अस्पतालमा एन्टिजेन बिधीबाट ७ जनाको कोरोना परीक्षण गर्दा वडा नम्बर ४ का ५० बर्षका एक पुरुष, वडा नम्बर ४ कि १८ र ४० बर्षकि २ महिलामा संक्रमण देखिएको हो भने पञ्चकुले हेल्थपोस्टमा ३ जनामा परिक्षण गर्दा,वडा नम्बर ६ का ५२ बर्षका एक पुरुष र २८ बर्षकी एक महिलामामा कोरोणा संक्रमण देखिएको हो ।

संक्रमीत सबै होम आइशुलेसनमा रहेका छन् । पछिल्लो समय बबई गाउँपालिकामा तेस्रो लहरको कारोना संक्रमित बढ्दै गएको हुदा सबैलाई सचेत रहन समेत बबई गाउँपालिका स्वास्थ शाखाले अनुरोध गरेको छ।