२०७९ जेष्ठ ४ गते बुधवार
२०७९ जेष्ठ ४ गते बुधवार

कर्मचारीमा कोरोना संक्रमण, बाँकेको नरैनापुर गाउँपालिका बन्द

बाँकेको नरैनापुर गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा ठप्प भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा आइतबार कोरोना पुष्टि भएपछि मंगलबारदेखि चार दिन सम्मका लागि गाउँपालिका कार्यालय बन्द गरिएको हो ।
मंगलबारदेखि ८ गतेसम्म पालिका बन्द गरेर सेनिटाइज गर्ने समेत तयारी गरिएको छ ।

संक्रमित भएका सबै कर्मचारीहरु होमआइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।