२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

मधेश प्रदेशका मुख्यमन्त्रीको घरमा ढुङ्गा प्रहार

मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको वीरगञ्जस्थित घरमा ढुङ्गा प्रहार भएको छ । मुख्यमन्त्री राउतको वीरगञ्ज महानगरपालिका –१३ तेजारथ टोलस्थित घरमा ढुङ्गा प्रहार भएको हो ।

प्रदेशको स्थायी राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा असन्तुष्टि चुलिएको छ । मुख्यमन्त्री राउतले वीरगञ्जलाई राजधानी बनाउन भूमिका नखेलेको भन्दै कतिपयले असन्तुष्टि जनाउँदै आएका छन् । विभिन्न समूहले राजधानी तोकिनु अघि पनि वीरगञ्जलाई स्थायी राजधानी बनाउनुपर्ने माग राखेर वीरगञ्जमा प्रदर्शन गरेका थिए ।