२०७९ जेष्ठ २ गते सोमवार
२०७९ जेष्ठ २ गते सोमवार

खोप लगाउन माघ १५ पछि चार दिन विद्यालय खुल्ने

खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ ।
कोभिड–१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले बताए ।

सरकारले महामारीको ‘चेनब्रेक’ गर्न भन्दै २५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
कोइरालाका अनुसार विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने छ । सहसचिव कोइरालाले भने, ‘यो विषयमा निर्णय भइसकेको छ, सम्बन्धित मन्त्रालयले सूचना जारी गरेर कार्यान्वयनमा जान्छ ।’
मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकमा कोइरालाले यसबारे जानकारी दिएका हुन् ।