२०७९ जेष्ठ ४ गते बुधवार
२०७९ जेष्ठ ४ गते बुधवार

बाँकेमा ब्राउनसुगरसहित वडा अध्यक्ष पक्राउ

बाँकेमा ब्राउनसुगरसहित एक वडा अध्यक्ष पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका-३ का अध्यक्ष रामचरण थारु ब्राउनसुगरसहित पक्राउ परेका हुन।

वडाध्यक्ष थारु अन्य तीनजनासँग बसेर सेवन गरिरहेका अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन्द्र घिमिरेले जानकारी दिए ।

उनको साथबाट ३१० मिलीग्राम ब्राउनसुगरसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष थारुले ब्राउनसुगर सेवनकर्ता हुन् भन्ने सूचनाका आधारमा प्रहरीले पच्छ्ाउँदै जादा सोमबार साँझ पक्राउ गरेको हो ।