२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

नेपाली कांग्रेस बबईका कार्यकर्ताद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

नेपाली कांग्रेस बबईका कार्यकर्ताले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेका छन्। बबई गाउँपालिका वडा नं ४ का नेपाली कांग्रेसका क्रियासिल सदस्य टोपबहादुर बोहराकी धर्मपत्नि को उपचार सहयोगार्थ नेपालि काँग्रेस बबई का क्रियासिल साथिहरुबाट सहयोग उठायर जम्मा भएको रकम ५३ हजार ६ सय रुपैयाँ नेपाली कांग्रेस बबईद्वारा हस्तानतरण गरिएको नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सचिव पुर्णबहादुर के.सीले जानकारी दिनुभयो । टोप बहादुर बोहराकी श्रीमती स्तन क्यान्सर पिडित हुनुहुन्छ। चितवनमा महिनाको एकपटक किमु चढाईरहनु भएको छ।