२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सञ्चारीका समुह दाङको अध्यक्षमा गौतम

सञ्चारीका समुह दाङको अध्यक्षमा सुलोचना गौतम चयन भएकी छन् । तुलसीपुरमा भएको दोस्रो अधिवेशन तथा साधारणसभाले गोरक्ष राष्ट्रिय दैनिककी प्रकाशक गौतमको नेतृत्वमा ११ सदस्यी नयाँ नेतृत्व सर्वसहमतिबाट चयन गरेको हो ।

जसको उपाध्यक्षमा सुधासुमन ढकाल, सचिवमा निरला अर्याल, सहसचिवमा दिप्तीशिखा चौधरी, कोषाध्यक्षमा अन्जना चौधरी सर्वसहमतिबाट निर्वाचित भएका छन् ।

समुहको सदस्यहरुमा यमकला भुसाल, देवी भण्डारी, सरीता चौधरी, रमा नेपाली र भावना सुवेदी रहेका छन् । साथै बैठकले दुई जना पदाधिकारीमा मनोनयन गर्ने र निवर्तमान अध्यक्ष नारायणी रजौरेलाई प्रदेश केन्द्रमा प्रतिनिधिको रुपमा पठाउने निर्णय भएको छ ।