२०७९ जेष्ठ ४ गते बुधवार
२०७९ जेष्ठ ४ गते बुधवार

केन्द्रीय सदस्य गिरीलाई शान्तिनगरका विभिन्न वडामा स्वागत तथा सम्मान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई शान्तिनगरका विभिन्न वडामा स्वागत तथा सम्मान गरिएकाे छ । नव निर्वाचित केन्द्रीय गिरीलाई शान्तिनगर गाउँपालिकाका विभिन्न वडामा कार्यक्रमकाे आयाेजना स्वागत तथा सम्मान गरिएकाे हाे ।

शान्तिनगर गाउँपालिका वडा न. ५,६ र ७ मा नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य गिरी लगायत ,जिल्ला सह-सचिव सुवोध डाँगी, जिल्ला सदस्यहरु सुरेन्द्र शाह, गेहेन्द्र वली,घनश्याम भण्डारी र विपना रोकालाई स्वागत एवम सम्मान गरिएकाे थियाे ।