२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुर बस्ने अन्दाजी २५ वर्षिय अरुण देबकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार चितवन भरतपुर ७ बस्ने राम प्रसाद सापकोटा घाइते भएका छन । आइतबार बेलुका लमही देखि गढवा तर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरित दिशा बाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका वडा नम्बर ४ बलामपुरमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका देबकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।