२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दुर्घटनामा परेर लुम्बिनी प्रदेश सभाका एकजना सदस्य घाइते

दाङमा ट्रकसंग स्कारपियो गाडि ठोक्किदा लुम्बिनी प्रदेश सभाका एकजना सदस्य घाइते भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा दुर्घटनामा परेर लुम्बिनी प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका हुन् ।

गढवा गाउँपालिकाको कालाकाटे नजिक प्रदेश सभा सदस्य चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाडी ट्रकसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको हातमा सामान्य चोट लागेको छ ।