२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

गठबन्धन सरकार निर्वाचन नगर्नका लागि बहाना गरिरहेको छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलिय गठबन्धनको सरकारले निर्वाचन नगर्नका लागि बहाना गरिरहेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले गठबन्धन सरकार संविधान र कानुनको कुरा गरेर चुनावदेखि भाग्न खोजेको आरोप समेत लगाउनुभयो । महासचिव पोखरेलले निर्वाचन भएमा गठबन्धनसँग एमाले चुनावी प्रतिस्पर्धामा जाने बताउनुभयो ।

उहाँले गठबन्धनको सरकारले भारतले नेपालको सीमा मिच्दा समेत अन्तर्राष्ट्रिय समुदायमा आफ्ना आवाज लैजाने सवालमा पूर्ण रुपमा असफल भएको बताउनुभयो । अहिलेको गठबन्धन केवल नेकपा एमालेको बढ्दो लोकप्रियता र जनमतलाई रोक्न निर्माण गरिएको मात्रै भएको तर्क गर्नुभयो ।