२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प

गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बुधवार दिउँसो ४ बजेर ५४ मिनेटमा मनकामना आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो २०७२ सालको गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का गोरखासहित, धादिङ, चितवन, लमजुङलगायतका ठाऊँमा महसुस गरिएको थियो । भूकम्पका कारण कुनै क्षति भएको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।