२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

बबईका विभिन्न स्थानमा पचास हजार बोट सिड्लेस किम्बुको बिरुवा राखियो

पश्चिमदाङको बबई गाउँपालिकाको विभिन्न स्थानमा पचास हजार बोट सिड्लेस किम्बुको नर्सरी राख्ने कार्य सम्पन्न भएको छ । बबई कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना अन्तर्गत बबई गाउँपालिकाको वडा नम्बर ७ मा रहेको सम्झना महिला कृषि समुहमा दस हजार बोट, वडा नम्बर ६ को लालिगुरास महिला कृषि समुहमा दस हजार बोट,वडा नम्बर ४ को उद्यमशिल स्वावलम्बी समुहमा पन्ध्र हजार बोट, वडा नम्बर ३ को समृद्धि महिला कृषि समुहमा दस हजार बोट, र वडा नम्बर १ को नवज्योति महिला कृषि समुहमा पाँच हजार बोट गरि करिव पचास हजार किम्बुको बोटको नर्सरी स्थापना गरिएको बबई कृषि तथा पशु उद्यमशीलता बिकास परियोजनाका संयोजक हिमाल खड्काले जानकारी दिनु भयो ।

बबई गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राबिधिक तथा आर्थिक सहयोगमा सिड संस्था तुलसीपुरको सहजीकरणमा नर्सरी राख्ने काम सम्पन्न भएको हो । पशुपालन गर्ने किसानहरुलाई घासमा आत्मनिर्भर बनाउनका लागि बबई कृषि तथा पशु उद्यमशीलता बिकास परियोजनामा आवद्ध भएका महिला किसानहरुलाई पशुपालनमा आत्मनिर्भर बनाउनका लागि घाँस को एकदमै आवश्यकता पर्ने भएकाले परियोजनाले घाँस निर्माण कार्यलाई जोड दिएको संयोजक खड्काले बताउनुभयो ।